नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


राजनीतिक समाचार बिस्तारमा >>

उदयपुरको यातायात बन्द

१९ फागुन, गाइघाट । पक्राउ परेका आफ्ना नेता र कार्यकर्ताको रिहाइको माग गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टीले बुधबार विहानैदेखि उदयपुर सदरमुकाम गाइघाटको यातायात बन्द गराएको छ ।

चुरेभावरका कार्यकर्ताले सगरमाथा राजमार्गको कदमाहा-गाईघाट सडकमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका-८ बगाहाखण्डमा ढुङ्गा-मुढा राखेर सडक अवरुद्ध पारेका छन् । विभिन्न स्थानका लागि छुटेका सवारी साधनका यात्रुहरु यातायात बन्दले बिचबाटोमै अलपत्र परेका छन् ।

आफ्ना केन्दि्रय अध्यक्ष बाबु भनिने मेघबहादुर थापाको रिहाइको माग गर्दै मंगलबार पूर्वपश्चिम राजमार्ग बन्द गराउने क्रममा मिनिबसमा आगजनी गरेपछि पक्राउ परेका आफ्ना दुई कार्यकर्ताको रिहाइको माग गर्दै उनीहरुले आज यातायात बन्द गराएका हुन् ।

चुरेभाबरका तर्फबाट संबिधानसभा सदस्य केशव मैनालीका छोरा समिरलाई मरणासन्न हुने गरि कुटपिट गरेको अभियोगमा थापालगायत सातजनालाई फागुन ६ गते प्रहरीले हतियारसहित पक्राउ गरेको थियो ।

मंगलबार पक्राउ परेका दीपक महत र रमेश कार्कीमध्ये महतलाई सामान्य सोधपुछ पछि प्रहरीले छाडेको थियो । अनुसन्धानका लागि भन्दै प्रहरीले कार्कीलाई भने हिरासतमै राखेको छ ।



<< Previous Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145766 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.