समाजिक समाचार बिस्तारमा >>
क्याम्पस अनिश्चितकालिन बन्द
१९ फागुन, सुर्खेत । विभिन्न चार विद्यार्थी संगठनहरुले सुर्खेतको वीरेन्द्रनगर बहुमुखी क्याम्पस बुधबारदेखि अनिश्चितकालिन बन्द गरेका छन् । अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु छैठौं र नेपाल क्रान्तिकारी विद्यार्थी संघले क्याम्पस बन्द गरेका हुन् ।
पटक पटक आफ्ना माग पूरा गर्ने आश्वासन क्याम्पस प्रशासनले दिएपनि कार्यान्वयन नभएपछि बाध्य भएर बन्द गर्नुपरेको विद्यार्थी संगठनहरुले बताएका छन् । संगठनहरुले क्याम्पसको पोशाक निःशुल्क गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा गर्दै आएको अराजकता रोक्नुपर्ने, स्ववियुको हिसाब पारदर्शी गर्नुपर्नेलगायत माग राखेका छन् । आफूहरुको माग क्याम्पसले तत्काल पूरा नगरे अझ कडा संघर्षमा उत्रिने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
अनिश्चितकालिन क्याम्पस बन्दका कारण विद्यार्थीहरु पढाइबाट बन्चित भएका छन् । परीक्षा नजिकै आएको बेला क्याम्पस बन्द गरिएकोमा विद्यार्थीहरु आक्रोशित समेत भएका छन् ।
Total Comments :0
|